श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आबको सोही अबधिको तुलनामा २०.७३ प्रतिशतले बढी हो । संस्थाको कुल सञ्चालन आम्दानी १४ करोड २७ लाख र सञ्चालन मुनाफा ३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९० लाख रुपैयाँ रहेको छ । संस्थाको रिटेन्ड अर्निङ ७ करोड ३० लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा १० करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
तेस्रो त्रैमाससम्ममा निक्षेप संकलन ८३ करोड ३९ लाख रुपैया गर्दा २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म १०.२२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ७.३६ प्रतिशत कायम भएको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ७० लाख रुपैयाँ छुट्टाएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य वृद्धि भएको छ । संस्थाको ईपीएस ७.०७ रुपैयाँबाट बढेर २९.७३ रुपैयाँ कायम भएको छ ।
यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २६२.६७रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५७४.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.६१ गुणा र तरलता अनुपात १८.०५ प्रतिशत रहेको छ ।




