20.2 C
Nepal
Sunday, February 15, 2026

हिमालयन रि इन्स्योरेन्सको नाफा ५०.१३% ले बढ्यो

spot_imgspot_imgspot_img

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५०.१३ प्रतिशतले बढी हो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन १२३.९५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ५५ करोड ८७ लाख रुपैयाँमा सीमित थियो ।

कम्पनीको खर्च पनि बढेको छ । कम्पनीको कुल खर्च ८८.८१ प्रतिशतले बढ्दै २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब ६० करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९४.६० प्रतिशतले बढी हो ।

कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९०.५८ प्रतिशतले बढी हो । त्यस्तै महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङ ७७ करोड ५० लाख रुपैयाँ रहेको छ । रिजर्भ ४५ करोड ५५ लाखबाट बढेर ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको ईपीएस ८.८४ रुपैयाँबाट बढेर १२.४१ रुपैयाँ भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ र पीई अनुपात ४९.१५ गुणा रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here