20.2 C
Nepal
Sunday, February 15, 2026

मकर जितुमाया सुरीको नाफा २९४७.०७% ले बढ्यो

spot_imgspot_imgspot_img

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको देखिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९४७.०७ प्रतिशतले धेरै हो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको १२ करोड ८१ लाख रुपैयाँको तुलनामा ४८.२५ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले सर्भिस कन्सेसन एग्रिमेन्टबाट ४८ करोड ४८ लाख रुपैयाँ आम्दानी गर्दा कम्पनीको कर्मचारी खर्च ५७ लाख २० हजार रुपैयाँ र प्रशासनिक र अन्य खर्च ५८ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङको आकार ३ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको देखिन्छ। कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ९ लाख र कुल चालु दायित्व १ करोड २ लाख रुपेयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.५८१० रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९४.९७ रुपैयाँ र रिर्टन अन इक्विटी १.६६ प्रतिशत रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here