डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको देखिएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो अबधिको भन्दा ८.८६ प्रतिशतले कमी हो ।
तेस्रो त्रैमाससम्म संस्थाले ९७ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.०५ प्रतिशतले धेरै हो ।
संस्थाको खुद सञ्चालन आम्दानी ९९ करोड ७१ लाख रुपैयाँ, कर्मचारी खर्च ४६ करोड ९२ लाख ऋणात्मक र अन्य सञ्चालन खर्च १४ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
संस्थाको रिटेन्ड अर्निङ ३७ करोड ९६ लाख , र रिजर्भको आकार १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९ अर्ब ४ करोड रुपैयाँ रहेको निक्षेप संकलन समिक्षा अबधिसम्म ९ अर्ब ३५ करोड रुपैयाँ रहेको देखिन्छ ।
त्यस्तै कर्जा प्रवाह १९ अर्ब ९४ करोड रुपैयाँबाट बढेर २२ अर्ब ९० करोड रुपैयाँ पुग्दा वितरणयोग्य मुनाफा ३७ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात ४.४९ प्रतिशतबाट ह्वात्तै बढेर ८.२५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको अघिल्लो आवको तेस्रो त्रैमाससम्म २४.२५ रुपैयाँ रहेको ईपीएस घटेर १९.७७ रुपैयाँ भएको छ ।




