12.3 C
Nepal
Wednesday, February 18, 2026

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ७.९९% ले घट्यो

spot_imgspot_imgspot_img

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण अनुसार कम्पनिको खुद नाफा ७.९९ प्रतिशतले घटेको छ ।

यस कम्पनीले उक्त अबधिमा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस अबधिमा कम्पनिले १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ११ अर्ब ९ करोडको तुलनामा ८.४० प्रतिशतले धेरै हो ।

कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख हुँदा लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख रहेको छ । कम्पनिले बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी प्राप्त गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ६ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको देखिएको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले १६ अर्ब २६ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । त्यस्तै कम्पनिको रिटेन अर्निङ १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ ।

त्यस्तै कम्पनीको ईपीएस ८.१७ रुपैयाँबाट घटेर ७.२४ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९४९.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.६४ गुणा रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here