22.6 C
Nepal
Thursday, September 19, 2024

अपर सोलु हाईड्रोको नाफा २८३% ले बढ्यो

अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.५८ प्रतिशतले बढी हो ।

कम्पनीले खुद विद्युत बिक्री आम्दानी बढाएको छ । कम्पनीको खुद विद्युत बिक्री आम्दानी २.९१ प्रतिशतले बढेर ४९ करोड २० लाख रुपैयाँ भएको छ ।

त्यस्तै कम्पनीको प्रशासनिक खर्च ९० लाख ५७ हजार रुपैयाँ, कर्मचारी खर्च १ करोड ३२ लाख रुपैयाँ र वित्त खर्च २८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यस अबधीसम्म कम्पनिको दीर्घकालिन कर्जा ३ अर्ब ४२ करोड रुपैयाँ र अल्पकालिन कर्जा १३ करोड ६५ लाख रुपैयाँ लिएको छ ।

त्यसैगरी कम्पनीको कुल चालु सम्पत्ति २१ करोड ४९ लाख र कुल चालु दायित्व १६ करोड ४६ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.०७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९६.६५ रुपैयाँ,मूल्य आम्दानी अनुपात १२२ गुणा ऋणात्मक र तरलता अनुपात १.३१ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here