21.3 C
Nepal
Wednesday, September 18, 2024

सर्वोत्तम सिमेन्टको नाफा ३२.२९% ले बढ्यो

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्क्रित बित्तिय बिबरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानीमा कमी आएको देखिएको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ ।

कम्पनीको अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको कुल खर्च ४.७६ प्रतिशतले बढेर ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको देखिएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालिन र १५ करोड २५ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.४६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१२.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९८.८८ रुपैयाँ र तरलता अनुपात १.४६ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here