8.8 C
Nepal
Sunday, February 15, 2026

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी बढ्यो

spot_imgspot_imgspot_img

भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ६० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५.११ प्रतिशतले धेरै हो ।

त्यस्तै कम्पनीले अन्य स्रोतबाट ५९ लाख ५ हजार रुपैयाँ कमाएको छ । यो अवधिसम्म कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन खर्च र २ करोड ४४ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।

कम्पनीको रिजर्भको आकार ११ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम शिर्षकमा २ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १५.७५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२४.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७.९७ रुपैयाँ, तरलता अनुपात १९.५९ प्रतिशत र मूल्य आम्दानी अनुपात ३८.४१ गुणा रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here