8.8 C
Nepal
Sunday, February 15, 2026

१९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

spot_imgspot_imgspot_img

आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् ।

माओवादीको एक बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसै अनुसार काम भईरहेको जनाएका हुन ।

दलका सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बजेटको सिलिङ बनिसकेको त छ तर सिलिङ केही बढ्छ, अहिले त्यसको तयारी भइरहेको छ । १८ खर्बको बजेट ल्याउने निश्चित भए पनि त्यसमा थप एक खर्ब बढ्न सक्छ । जनतालाई आशा र भरोसा बढाउने लोकप्रिय बजेट बनाउनका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’

उनले बजेट निर्माण गर्दा कृषिमा आधारित उद्योगलाई प्राथमिकता पर्ने जानकारी गराएका छन् । साथै दलका सांसदहरूलाई नीति तथा कार्यक्रम र बजेट रचनात्मक, प्रभावकारी बनाउनका लागि सुझाव माग गरेका छन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here