16.6 C
Nepal
Wednesday, February 11, 2026

सुपर मादी हाईड्रोपावरको आम्दानीमा ७०२४% को उछाल, नाफा ९ करोड बढी

spot_imgspot_imgspot_img

सुपर मादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण सार्बजनिक गरेको छ । जसअनुसार कम्पनिको खुद आम्दानीमा ७०२४.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ९२ करोड ७७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।

कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीको वित्त खर्च ५६ करोड ७९ लाख, कर्मचारी खर्च ६७ लाख ३५ हजार र अन्य सञ्चालन ५ करोड ७५ लाख रुपैयाँ रहेको देखिन्छ । कम्पनीको रिजर्भको आकार १० करोड ८४ लाख रुपैयाँबराबर रहेको छ ।

त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब १४ करोड ६५ लाख र कुल चालु दायित्व ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०५.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३८.०६ रुपेयाँ र तरलता अनुपात २.५७ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here