13.8 C
Nepal
Wednesday, February 18, 2026

सिंगटी हाईड्रोपावरले ६५.५६% ले घाटा कम गर्यो

spot_imgspot_imgspot_img

सिंगटी हाईड्रोपावर लिमिटेडले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६५.५६ प्रतिशतले कमी हो ।

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा ९ करोड ३२ लाख रुपैयाँ थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले बढेर ५२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक र अन्य साधारण खर्च ५ करोड ४९ लाख र ब्याज खर्च ३६ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम २५ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ८० करोड ५० लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व २१ लाख ९० हजार रुपैयाँ मात्रै छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १००.७१ मूल्य आम्दानी अनुपात २६९.१५ गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here