9.5 C
Nepal
Sunday, February 15, 2026

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

spot_imgspot_imgspot_img

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै सञ्चालक समितिको बैठकले लाभांश स्वीकृतीका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने तथा उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here