10.2 C
Nepal
Saturday, February 14, 2026

नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो बिक्रीमा

spot_imgspot_imgspot_img

नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनिले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको न्यूनतम सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको सेयरमूल्य प्रतिकित्ता ७८० रुपैयाँ राखिएको छ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा नेपाल पुनर्बीमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको लागि न्यूनतम १५ हजार कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति चैत २२ गते तोकिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here