24.5 C
Nepal
Wednesday, March 12, 2025

८४ मध्ये ३४ हाइड्रोपावर कम्पनी घाटामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हाइड्रो कम्पनिहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको बित्तिय विवरण सार्वजनिक गरिरहेका छन । सुचिक्रित कम्पनीहरुमध्ये लगभग आधाजती हाइड्रोपावर कम्पनीहरु घाटामा देखिएका छन् ।

हाल नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत रहेका छन् ।

यो सामाग्री तयार पार्दासम्म ८४ कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हलसम्म विवरण सार्वजनिक नगर्नेहरुमा हिमालयन पावर पार्टनर, जोशी हाइड्रो, हिमाल दोलखा हाइड्रो, भूगोल ईनर्जी, चिरख्वा हाइड्रो, डोल्टी पावर र अप्पर लोहरे खोला हाइड्रोपावर रहेका छन ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा ५० कम्पनी नाफामा देखिन्छन भने ३४ कम्पनी घाटामा रहेका छन् ।

नाफा कमाउने हाइड्रोहरु

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउने हाइड्रोपावर कम्पनीमा चिलिमे हाइड्रोपावर रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेर सबैभन्दा धेरै नाफा कमाउने हाइड्रोपावर कम्पनी बनेको छ ।

त्यस्तै, दोस्रोमा माउन्टेन इनर्जीले ३५ करोड रुपैयाँ नाफा कमाएको छ भने साहज उर्जा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै सानिमा माई हाइड्रोले ३३ करोड ४१ लाख, ग्रीन भेन्चर्सले ३० करोड ५१ लाख, बुटवल पावरले १७ करोड ८३ लाख, माण्डू हाइड्रोले १७ करोड ५ लाख रुपैयाँ र सिनर्जी पावरले ११ करोड २४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

त्यस्तै सबैभन्दा थोरै नाफा कमाउनेमा सुपर मादी हाइड्रोले १ लाख ४७ हजार रुपैयाँ र अपर स्याङ्गे हाइड्रोले ९ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।

घाटामा रहेका यि हाइड्रोपावर कम्पनी

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ वटा हाइड्रोपावर कम्पनी घाटामा रहेको देखिन्छ ।

सबैभन्दा बढी घाटा अरुण काबेली पावरको रहेको देखिन्छ । यस कम्पनिले समीक्षा अवधिसम्म ३१ करोड ५ लाख रुपैयाँ घाटा खाएको छ ।

त्यस्तै, २५ करोड ७६ लाख रुपैयाँ घाटा खाँदै अपर तामाकोशी हाइड्रोपावर दोस्रो धेरै घाटा खाने कम्पनी बनेको छ ।

त्यस्तै मोदी इनर्जी १९ करोड ८६ लाख, बलेफी हाइड्रो १६ करोड ७२ लाख, माया खोला हाइड्रो १५ करोड ४० लाख, पिपुल्स हाइड्रो १२ करोड ८१ लाख, लिबर्टी ईनर्जी ११ करोड ८१ लाख, न्यादी हाइड्रो १० करोड ६४ लाख र पाँचथर पावर १० करोड ५३ लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here