12 C
Nepal
Saturday, February 14, 2026

घाटामा रहेको रिडी पावरले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने

spot_imgspot_imgspot_img

घाटामा रहेको रिडी पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९६ पैसा ऋणात्मक छ । कम्पनिले हकप्रद बिक्री गरेर ७७ करोड ४४ लाख रुपैयाँ उठाउने भएको छ ।
यस्तो अवस्थामा रहेको कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति चैत ८ गते रहेको छ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ २२ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here