23.7 C
Nepal
Friday, September 20, 2024

सोझा लगानिकर्ता डुबाउने खेल, बजारमा खेलाडिको खुलेआम चलखेल

सेयर बजारमा खेलाडीले सेयरको मुल्य मनलाग्दी घटबढ गरिरहेका छन । खेलाडिले खुल्लमखुल्ला सेयर मुल्य घटबढ गरिरहेका छन तर नियामक निकाय मौन छ । खेलाडिले कहिले दिनभर घटेको स्टक अन्तिम पाच मिनटमा पोसिटिभ सर्किट लगाइदिन्छन त कहिले १० प्रतिसत भन्दा बढी घटाइदिन्छन ।
यसअघि पनि एउटा ब्रोकरबाट नेपाल टेलिकमको सेयरमा पोजेटिभ सर्किट लगाएर अन्तिम मिनेटमा १५ अंक सम्मले बजार बढाइएको थियो ।

खेलाडिले कहिले कृतिम माग अर्थात टीएमएसमा नै करोडौ कित्ता खरिद अर्डर देखाइदिन्छन त कहिले लकिङ पिरियड खुले पछी सेयर मुल्य बडाएर लगानिकर्तालाई टोपी लगाइदिन्छन ।

हिजो पनि अन्तिम मिनेटमा पिपुल्स पावरको सेयरको मूल्यमा एकैपटक ५० रुपैयाँले घटाईयो । अन्तिम समयमा ४२७ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयरभाउ ३७७ रुपैयाँ कायम गरियम छ । यो भनेको करिब १२ प्रतिशतले गिरावट हो ।

धितोपत्र ऐनअनुसार दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयरभाउ एक पल्टमा २ प्रतिशत भन्दा तलमाथि गर्न पाइँदैन ।

त्यसैगरी, दिनभरको कारोबारमा १० प्रतिशतभन्दा तलमाथि गर्न पाइदैन । यी दुवै नियम उल्लङ्घन भईरहेको छ तर नियामक निकाय मौन छ ।

हामीले धितोपत्र बोर्डमा यसअघी यस्तै बिषयमा जानकारी लिदा मार्केट अप्सनको प्रयोग गर्दा त्यस्तो भएको हुन सक्ने बताईएको थियो । भाषा जे प्रयोग गरेपनी यो चरम बेतिथी हो र यस्तो कार्य सोझा लगानिकर्तालाई डुबाउने खेल हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here