सोल्टी होटल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनिले समिक्षा अबधिमा ४।६४ प्रतिसतको ब्रिद्धी गरेको हो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको त्ुलनामा ९.४४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६५ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ७३ करोड २८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कर्जाको मात्रा उल्लेख्य रुपमा कम गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५ करोड १० लाख रुपैयाँ कर्जाको मात्रा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब १३ करोडबाट बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँबाट बढेर २.९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ २६.७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४.४३ रुपैयाँ,पिई अनुपात १६०.७२ गुणा र चालु अनुपात १.४१ गुणा कायम भएको छ ।




