10.2 C
Nepal
Wednesday, February 18, 2026

हिमालयन रि इन्स्योरेन्सले १०ः८ अनुपातमा हकप्रद जारी गर्ने

spot_imgspot_imgspot_img

हिमालयन रि इन्स्योरेन्सले हकप्रद जारी गर्ने निर्णय गरेको छ । त्यसका लागि कम्पनिले हकप्रद जारी गर्ने प्रमुख अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।

आगामी फागुन २० गते आइतबारका दिन राष्ट्रिय सभा गृहमा बिहान ११ बजे बस्ने सभाले गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्निेछ ।

यस्तै बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा सोहि अनुसार कम्पनीको अधिकुत,जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ।व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

यसैगरी सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण सेयररधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित ग्िरनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन ७ गते गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here