23.7 C
Nepal
Friday, September 20, 2024

सामलिङ्ग पावरको नाफा ३१.८४% ले घट्यो

सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले १ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.८४ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ थियो ।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी १५ करोड ६८ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ६.६२ प्रतिशतले कम हो । अघिल्लो आवको पुस मसान्तसम्म कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ६२ लाख रुपैयाँ कमाएको थियो । कम्पनीकोे वित्त आम्दानी २६ हजार ९५९ रुपैयाँ मात्रै रहेको छ ।

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ७१ लाख ३७ हजारबाट घटेर २० लाख १७ हजार रुपैयाँ भएको छ । कम्पनीको रिजर्भ कोष २०.९९ प्रतिशतले घटेर ७ करोड ७८ लाख रुपैयाँ रहेको देखिन्छ ।

कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँबराबरको कर्जा लिएको छ । त्यस्तै कम्पनिको नगद मौज्जाद ३ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर अम्दानी ४.९६ रुपैयाँबाट घटेर ३.९७ रुपैयाँ भएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२६.०९ रुपैयाँ रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here