16.5 C
Nepal
Thursday, February 12, 2026

नेपाल पुनर्बीमा कम्पनीको ७.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २८०

spot_imgspot_imgspot_img

आईएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको ७ लाख ५० हजार कित्ता संस्थापक सेयर आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

यो सेयर खरिदका लागि नेपाल पुनर्बीमा कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here