12 C
Nepal
Saturday, February 14, 2026

कानूनको धज्जी उडाउदै भोले गणेश सेयर दलालले संस्थापक सेयर बेच्दै

spot_imgspot_imgspot_img

धितोपत्र बोर्डको नियम, कानून धज्जी उडाउदै भोले गणेश सेक्युरिटीज (ब्रोकर नम्बर ६१)ले प्रोमोटर सेयर बिक्री गर्न लागेको छ ।

ब्रोकर नम्बर ६२ ले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को नियम १२ को ‘२’ मा भएको व्यवस्था को खिल्ली उडाउदै प्रमोटर सेयर बेच्ने भन्दै सुचना निकालेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,२०६४ को नियम १२ को ‘२’ मा ‘धितोपत्र दलालको सेयरधनीले आफुले ग्रहण गरेको सेयर अनुमतिपत्र प्राप्त भएको वा आफ्नो नाममा कायम हुन आएको मितिले एक वर्ष पूरा नभएसम्म बिक्री वा नामसारी गर्न सक्ने छैन’ भन्ने व्यवस्था गरेको छ ।

बोर्डको उक्त व्यवस्था अनुसार ब्रोकर सञ्चालनमा आएको एक वर्षसम्म सेयर बिक्री गर्न पाइने छैन। तर, भोले गणेश सेक्युरिटीजले सिमित कार्य गर्ने गरी २०८० वैशाख १८ गते धितोपत्र बोर्डबाट आयशपत्र पाएको हो । यो ब्रोकर २०८० भदौ १२ गते विधिवतरुपमा सञ्चालनमा आएको हो ।

यस कम्पनिले करिब ९ महिना र सञ्चालनमा आएको करिब ५ महिनामा नै संस्थापत्र सेयर बेच्न उदेश्यले सुचना जारी गरेको छ ।
भोले गणेश दलालले प्रामोटर सेयर बिक्री गर्ने भन्दै शुक्रबार ३५ दिने सूचना निकालेको छ । ब्रोकरले २८ हजार ३८० कित्ता प्रमोटर सेयर प्रतिकित्ता २०० रुपैयाँका दरले बिक्री गर्न लागेको जनाएको छ ।

ब्रोकरका बर्तमान प्रमोटर सेयर होल्डरहरुले उक्त सेयर खरिद गर्न चाहेमा २०० रुपैयाँ प्रतिकित्तामा न्यूनतम १०० कित्तादेखी १० ले गुणा हुनेगरी अधिकतम २८ हजार ३८० कित्तासम्म खरीद गर्न सक्ने जनाएको छ । उक्त सेयर खरिद गर्न चाहनेले दलालको अनामनगरस्थित कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ । एकभन्दा बढी खरिद निवेदनहरु आएमा पहिला दर्ता गर्ने निबेदकलाई पहिलो प्राथमिकता दिइनेछ ।

‘३५ दिनभित्र बर्तमान प्रमोटरहरुको कुनै निवेदन नआएको खण्डमा नियमानुसार कम्पनी रजिस्ट्रार कार्यालय, सेबोन, नेप्से लगाएत सबै नियामक निकाएहरुको ऐन, नियम र योग्यता पुगेको गैरप्रमोटर व्यक्तिलाई सो सेयर बिक्री गरिनेछ’ सूचनामा उल्लेख छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here