25.5 C
Nepal
Monday, September 29, 2025

हिमालयन लघुवित्तको नाफा ६० प्रतिसतले घट्यो, ईपीएस ३.२९ रुपैयाँ

spot_imgspot_imgspot_img

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १५.९६ प्रतिशतले बढ्दै ३४ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले इम्पेयरमेन्ट चार्ज घटाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँ रहेको संस्थाको इम्प्येरमेन्ट चार्ज घटेर ७८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनिको अन्य सञ्चालन खर्च ४.२६ प्रतिशतले बढेर ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिले ९५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गर्दा ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

संस्थाको खराब कर्जा अनुपात २.९३ प्रतिशतबाट बढेर ३.५९ प्रतिशत पुगेको छ । संस्थाको रिजर्भ ११ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३.२९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८५.७९ गुणा,प्रतिसेयर नेटवर्थ १२५.६२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४३१.२६ रुपैयाँ र तरलता अनुपात २.८० गुणा कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here