23.7 C
Nepal
Friday, September 20, 2024

स्वावलम्बन लघुवित्तको नाफा ८२.६९ प्रतिशतले घट्यो

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । कम्पनिको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिसम्म कम्पनिले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनिले खुद नाफा २४ करोड १ लाख को उचाईमा थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा हाल घटेर १ अर्ब ४१ करोड भएको छ ।

त्यस्तै कम्पनिको कर्मचारी खर्च ४२ करोड ७३ लाख र सञ्चालन खर्च ६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

कम्पनिले समीक्षा अवधिसम्म १३ अर्ब ३५ करोड निक्षेप संकलन गरेको छ । संस्थाले समीक्षा अवधिसम्म १८ अर्ब ३५ करोड रुपैयाँ बर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.३४ प्रतिशतल बढी हो । संस्थाको रिजर्भको आकार १२.३९ प्रतिशतले बढ्दै १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २२३.७६ प्रतिशतले बढेर २९ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा यो रकम ९ करोड ३ लाख रुपैयाँ थियो । संस्थाको खराब कर्जा अनुपात बढेर ११.३६ प्रतिशत पुगको छ । इम्पेयरमेन्ट चार्ज र खराब कर्जा बढ्दा संस्थाको नाफामा पहिरो गएको हो ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५.७३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३१.७३ गुणा,प्रतिसेयर नेटवर्थ २१४.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८६.४९ रुपैयाँ र तरलता अनुपात ७.८८ प्रतिशत कायम भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here