14.8 C
Nepal
Thursday, November 13, 2025

बारबार २,२०० बाट फर्केको बजार अब के होला ?

spot_imgspot_imgspot_img

यो साता चार दिन लगातार बजार बढेको बजार २२०० नजिक पुगेको छ । बजार २२०० को रेसिस्टेन्सलाई ३ पटक सम्म तोड्न खोजेपनी सकेको छैन । यस पटक भने यस प्रतिरोध लाई तोड्न सक्छ कि सक्दैन भन्ने धेरैलाई चासोको बिसय बनेको छ ।

यस बीचमा इन्ट्रा डे करेक्सन हुँदै बजारले माथिको यात्रा तय गरेको छ । उक्त अवधिमा करिब ३०० अंक बढेको बजारमा भोलुमले राम्रै साथ दिएको छ । साताको चौथो कारोबार दिन बुधबार पनि बुलिस क्यान्डलसहित ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

२२०० को प्रतिरोध तोड्न सक्छ कि सक्दैन भन्नेर प्राविधिक रुपमा जवाफ त्यति सजिलो छैन । इन्डिकेटरबाट हेर्दा बजार आजसम्म बजार पूर्णरुपमा बुलिस देखिन्छ ।

म्याक्डी सुपर ट्रेन्डबाट हेर्दा बजार बुलिस नै देखिन्छ । बजारलाई इन्डिकेटरबाट हेर्दा लगातार बढेको बजारमा आगामी दिनमा कुनै पनि समयमा करेक्सन आउँन सक्छ ।

यसलाई प्राविधिक रुपमा ट्रेन्डलाईनबाट नियाल्दा यदि केहि गरिकन करेक्सन आएर बजार २ हजार भन्दा माथिबाटै फर्किन्छ भने बजारले माथीकै यात्रा तय गर्ने देखिन्छ ।

हाल निरन्तर बढेको बजारले २ हजार २०० विन्दु आसपास वा माथि भने एउटा कडा प्रतिरोध देखिन्छ । किनकि इन्डिकेटरहरु ओभर बट जोनमा छन् ।
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here