वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनिले आवश्यक प्रकृया अगाडि बढाएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते बुधबार हुने १२ औं वार्षिक साधारणसभामा राख्ने निर्णय गरेको छ ।सभा नवदूर्गा पार्टी भेन्यू सुकेधारा, काठमाण्डौमा अपरान्ह १ बजेदेखि गर्ने तयारी गरेको छ ।
साधारण सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तथा प्रवन्धपत्र र नियमावलीमा आवशयक संशोधनका लागि छलफल गर्ने निर्णय गरेको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।
यसैगरी, सोही सभाले बोनस सेयर जारी गर्ने, नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।




