आइएमई लिमिटेडले समग्र रेमिटेन्स कम्पनीहरू मध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मान पाएको छ ।
राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाण्डौमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त सम्मान दिएका हुन । आइएमई ग्रूपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान लिएका हुन ।
आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्सतर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर तिरेको थियो ।