नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनाको भाउ प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा १ हजार रुपैयाँले नै बढेर १ लाख १४ हजार १५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ ।
आज कात्तिक कृष्ण द्वादशी अर्थात् धनतेरस , सुनचाँदी किनेर गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक मान्यता रहेको छ ।




