23.7 C
Nepal
Friday, September 20, 2024

उन्नति सहकार्य लघुवित्तको एफपीओ साढे ३९ गुणाले ओभरसब्सक्राइब्ड

आज दोस्रो दिनसम्म उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ साढे ३९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्दा दोश्रो दिनसम्म ६ लाख २६ हजार १५७ जनाबाट ७० लाख ६६ हजार ५६० कित्ता सेयर माग भएको छ । यसरी हेर्दा यो एफपिओ मागभन्दा ३९.६० गुणाले ओभरसब्सक्राइब्ड देखिन्छ ।

अब यस कम्पनिको एफपिओमा भाग्यमानी १७ हजार ८४५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन् भने बाकिको हात खाली हुनेछ ।

लगानीकर्ताले आगामी कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here