23.7 C
Nepal
Friday, September 20, 2024

सेबोनले वित्तीय विवरण पेस नगर्ने ८९ कम्पनीलाई स्पष्टीकरण सोध्यो, कारबाही गर्ने तयारी

नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण पेस नगर्ने ८९ कम्पनीलाई स्पष्टीकरण सोधेको छ।

सेबोन सञ्चालक समितिको बैठकले ती कम्पनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको श्रोतले बताएको छ ।

यसअघि सेबोनले सूचना जारी गर्दै समयमै वित्तीय विवरण पेस नगर्ने कम्पनिलाई धितोपत्रसम्बन्धी ऐनको दफा १०१ अनुसार कारबाही र जरिवाना गर्ने बताएको थियो ।

गत असोज २ गते सेबोनले एक सूचना जारी गरेर २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण बुझाउन बाँकी रहेको र ६४ वटाले ढिला गरी बुझाएको सेबोनले जानकारी गराएको थियो।

संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र सेबोनसमक्ष पेस गर्ने र त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

स्पष्टीकरण चित्तबुझ्दो नभएमा ऐन बमोजिम जरिवाना गर्ने तयारी सेबोनले गरेको छ । ऐनमा अवस्था हेरी ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here