21.8 C
Nepal
Saturday, February 14, 2026

बेलायती यूके एक्सपोर्टले नेपालमा अढाई खर्ब लगानी गर्ने

spot_imgspot_imgspot_img

बेलायतको सरकारी फाइनान्स कम्पनी यूके एक्सपोर्ट फाइनान्सले नेपालमा अढाई खर्ब लगानी गर्न तयारी गरेको छ ।
नेपालको दुताबासले गरेको एक उच्चस्तरीय लगानी सम्मेलनमा यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालमा १.५ बिलियन पाउन्ड अर्थात् २ खर्ब ४३ अर्ब रुपैयाँसम्म लगानी गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाल सरकार र ६ विकास वित्तीय संस्थाहरु- ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्ड, बायो, बेल्जियम, फिनफन्ड, फिनल्यान्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम र स्विट्जरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायत लगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधि, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारी, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत करिब सय जनाको उपस्थिति थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here