21.8 C
Nepal
Saturday, February 14, 2026

खराब कर्जा वर्गीकरणसम्बन्धी यि १४ व्यवस्था

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले खराब कर्जाका हकमा केही थप व्यवस्थाहरु गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशनमार्फत बैंकहरुलाई परिपत्र गरिसकेको छ। हाल कार्वान्वनमा रहेका यि ब्यबस्था हेर्नुस् ,

यस्ता छन् खराब कर्जासम्बन्धी थप व्यवस्था

भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा÷सापटलाई देहायको कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नुपर्नेछ र सोका लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवं पूर्वाधारको विकास गर्नुपर्नेछ–

(क) ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा।

(ख) ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा।

(ग) कर्जा दुरुपयोग भएमा।

(घ) परियोजना/व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा, परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा।

(ङ) प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनका रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा।

(च) कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया सुरु भएको वा असुली प्रक्रियाअन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा।

(छ) कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई नयाँ वा थप कर्जा प्रदान गरेको अवस्थामा।

(ज) सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा।

यस प्रयोजनका लागि सुरक्षण भन्नाले अचल सम्पत्ति धितोमात्र नभई परियोजना तथा परियोजनाको चल सम्पत्तिसमेतलाई जनाउनेछ।

(झ) खरिद वा डिस्काउन्ट गरेको बिल्सको भुक्तानी मितिले ९० दिनसम्म असुली नभएमा।

(ञ) कुनै व्यक्ति/फर्म/कम्पनीको नाममा रहेको कर्जा अर्को व्यक्ति/फर्म/कम्पनीले उपभोग गरेको अवस्थामा। तर, एउटै समूहमा पर्ने फर्म÷कम्पनीको हकमा कुल सीमा कायम गर्न बाधा पुग्ने छैन।

(ट) टीआर कर्जा भुक्तानी गर्ने प्रयोजनको लागि प्रतीतपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा।

(ठ) क्रेडिट कार्ड कर्जा भाखा नाघेको मितिले ९० दिनभित्र अपलेखन नभएमा।

(ड) ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण पेस गरेको अवस्थामा।

(ढ) बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई सम्बद्ध व्यक्ति वा संस्थालाई कर्जा/सापट प्रदान गरेमा।

प्रष्टीकरणः यो निर्देशनको खण्ड (ग) को प्रयोजनका लागि “दुरुपयोग” भन्नाले जुन प्रयोजनको लागि कर्जा लिएको हो। सोही प्रयोजनमा प्रयोग नगरेको, परियोजना सञ्चालनमा नरहेको, सम्बन्धित परियोजना÷व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेको, निरीक्षण तथा सुपरिवेक्षणको क्रममा सुपरिवेक्षक, लेखा परीक्षणको क्रममा लेखापरीक्षकबाट दुरुपयोग भएको प्रमाणित भएमा कर्जा तथा सुविधाको दुरुपयोग गरेको सम्झनुपर्छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here