21.8 C
Nepal
Tuesday, September 17, 2024

तीन महिनामा ३ खर्ब ६६ अर्ब व्यापार घाटा

चालु आर्थिक बर्षको साउनदेखि असोजसम्मका तीन महिनामा ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँबराबरको व्यापार भएको हो । आर्थिक बर्ष २०७०-८० को सोही अवधिमा भने ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको छ ।

गत आर्थिक बर्षको सुरुको तीन महिनामा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो तर चालू आर्थिक बर्ष २०८०-८१को सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । यसर हेर्दा आयात १.६९ प्रतिशतले बढेको देखिन्छ ।

निर्यात व्यापारमा भने २.२६ प्रतिशतले घटेर समिक्षा अबधिमा ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।

तीन महिनामा नेपालले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ घाटाको वैदेशिक व्यापार गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here