27.5 C
Nepal
Tuesday, September 17, 2024

टर्कीमा बैंकको ब्याजदर ३५ % पुग्यो

टर्कीले बैंकको ब्याज दर ३० प्रतिसतबाट बढाएर ३५ प्रतिशत पुर्‍याएको छ ।

अर्थशास्त्रीहरुले भने यो ब्याजदर बृद्धिलाई पूर्वानुमान अनुरूप र अपेक्षित नै मानेका छन् । आगामी जुन महीनासम्म टर्कीमा उच्च मुद्रास्फीति कायमै रहने अनुमान गरिएको छ । केन्द्रीय बैंकले बिहीबार मुद्रास्फीतिलाई नियन्त्रण गर्न प्रयास भैरहेको भनेको छ । सरकारको अदूरदर्शी नीतिका कारण नै मुद्रा कमजोर भएको मानिएको छ ।

केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा मूल्य बृद्धि अपेक्षा गरेभन्दा धेरै भएको छ । यसले कर परिवर्तन, ज्याला बृद्धि र विनिमय दरले प्रत्यक्ष असर पारेको छ ।

मुद्रास्फीतिमा उल्लेख्य सुधार नआएसम्म समयमै र क्रमिक रूपमा मौद्रिक नीतिमाथिको कडाइलाई थप बलियो बनाइने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोआन सन् २०१४ देखि राष्ट्रपति रहँदै आएका छन् । तर, पछिल्लो समय उनले शक्ति क्रमशः आफूमा केन्द्रित गर्न थालेका छन ।

उनले पूर्व वाल स्ट्रीट बैंकर हाफिज गे एर्कनलाई नयाँ केन्द्रीय बैंक गभर्नरको रूपमा नियुक्त गरेपछि मुद्रास्फीति नियन्त्रणमा उल्लेख्य कदम चालिएको छैन ।

केहिसमय अघि राष्ट्रपति तैय्यपले पछिल्लो स्थितिलाई ‘आर्थिक युद्ध’ को सङ्ज्ञा दिँदै नागरिकहरुलाई लिराको भाउलाई टेवा दिन आफूसँग भएको विदेशी मुद्रा र सुन साट्न आग्रह गरेका थिए । ‘यो घरेलु र राष्ट्रिय सङ्घर्ष हो’ लिराको भाउमा आएको कमीतर्फ औल्याउँदै तैय्यपले भने ।

अतिकमजोर अर्थतन्त्र भएको टर्कीमा महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र भूकम्पबाट थप बिथोलिएको वास्तविकता क्राइसिस ग्रुपले औंल्याएको छ ।

केन्द्रीय बैंकले मुद्रास्फीति सन् २०२३ को अन्त्यसम्ममा ६० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ ।

टर्कीको मुद्रा लिराको भाउ न्यून स्तरमा घटेकाले आयात पनि महँगो छ।आकाशिएको महँगी नियन्त्रण अहिले टर्कीको मुख्य टाउको दुखाइ बनेको छ ।खानेकुरादेखि घरभाडासम्मका अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको छ । –एजेन्सी

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here