18.9 C
Nepal
Tuesday, September 17, 2024

लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक लगायत ६ बैंकलाई राष्ट्र बैंकको कारबाही

नियम मिचेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकलाई नगद जरिवाना गरेको छ । साथै राष्ट्र बैंकले नबिल, एनएमबि, एनआईसी एशिया, र सिटिजन्स बैंकलाई कारबाही गरेको छ ।

हिमालयन बैंकले वैशाख महिनामा कर्जा-निक्षेप अनुपात कायम नगरि नियमको ठाडो उल्लङघन गरेको भन्दै १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै सम्पत्ति शुद्दिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेपछी लक्ष्मी सनराइज बैंकलाई राष्ट्र बैंकले ७० लाख रुपैयाँ जरिवाना गराएको छ ।

यस्तै एनएमबि बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा कर्जा प्रबाह गरेतापनी प्रयोजनमा प्रयोग गरिएपछी कारबाही गरेको छ । साथै सो कर्जामा दिएको ब्याज अनुदान फिर्ता गर्न रास्ट्र बैंकले निर्देसन दिएको छ । बैंकलाई गलत कार्य गरेको र नियम नमानेको भन्दै सचेत गराएको छ ।

नबिल बैंकले एकीकृत निर्देशन उल्लङ्घन गरी ब्याजदर बढाएको , नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पत्ति गणना नभएको भन्दै प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा लोन एडमिस्टेशन फि लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका सन्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

यस्तै सिटिजन्स बैंकलाई कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको लगायतका कारण देखाउदै सीईओलाई सचेत गराएको छ ।

रास्ट्र बैंकको निर्देसन अनुसार एनआईसी एशिया बैंकले ग्राहकहरुसँग बढी लिएको ब्याज (रिक्स प्रिमियम) सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्नु पर्ने भएतापनी फिर्ता नगरि पुनः निर्देशन विपरीत ब्याज बढाएको , बैंकले क्यापिटल एडुकेसी फ्रेम वर्क विपरीत गलत रिपोर्टिङ्ग गरेको , राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको उल्लङ्घन गरेको भन्दै सीईओलाई र सञ्चालक समितिलाई सचेत गराइएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here