25.8 C
Nepal
Wednesday, September 18, 2024

हिमालयन रिलाई प्रिमियम मूल्यमा ६ अर्ब बढीको आईपीओ ल्याउन बोर्डको अनुमति, बोर्डमाथी लगानिकर्ताको आसङ्का

प्रिमियम मूल्यमा आईपीओ जारी गर्नका लागि हिमालयन रिइन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार हिमालयन रिलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिएको हो।

हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति जानकारी प्राप्त भएको छ । हिमालयन रिले गत भदौ २६ गते अंकित मूल्यमा १०८ प्रिमियम थपी २०८ रुपैयाँमा आईपीओ ल्याउन माग गर्दै धितोपत्र बोर्डमा आबेदन दिएको थियो ।

अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ।

हिमालयन रिको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ।

यस कम्पनिलाई प्रिमियम आइपिओ जारी गर्न दिएकोमा लगानिकर्ताले भने आर्थिक प्रलोभनमा परेको आसन्का गरेका छन । एक लगानिकर्ता भन्छन , ” हिमालय रिलाई लाइसेन्स अनुमती दिदा पनि राजनैतीक र आर्थिक दबाब र प्रभाबमा परेर लाइसेन्स दिएको सुनिएको थियो , फेरी अहिले आइपिओ ल्याउदा पनि आर्थिक प्रभाबमा पारेर प्रिमियममा आइपिओ जारी गर्ने निर्णय गराएछ । ” उनी थप्छन ” सेबोनको अहिलेको नेत्रित्वले प्रिमियम आतंक मच्चायो, सप्लाई मात्र बढायो , माग बढाउने तफ सिन्को भाचेन “

हुन त धितोपत्र बोर्डले यही कम्पनिलाई लक्षित गर्दै धितोपत्र दर्ता तथा निष्काशन सातौं नियमावली संशोधन गरेको थियो ।

अहिले लगानिकर्ताले प्रिमियममा आइपिओ जारी गर्न दिएको बारे धेरै लगानीकर्ताले अहिलेको सेबोनको नेत्रित्वप्रती आक्रोश पोखिरहेका छन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here