20.6 C
Nepal
Thursday, September 19, 2024

जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकको दोस्रो पटक कैँची, अब कति लाभांश ?

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको लाभांश घटाइदिएको छ । संस्थाको संचालक समिती बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो 

राष्ट्र बैंकको निर्देशनपछि भने संस्थाले लाभांश घटाएर चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने जनाएको थियो ।

तर संस्थाले साधारणसभाको सूचना प्रकाशन गर्दा लाभांश ५० प्रतिशतले घटेर प्रकाशन गरेको छ । अब कम्पनीले आर्थिक बर्ष २०७८÷०७९ को मुनाफाबाट १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४१ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । 

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here