नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले प्रिमियममा आइपिओ निस्कासन गर्ने मुख्य उदेस्यसहित आफ्नो १० औँ वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजेबाट सुरु हुने भनेर निर्णय गरेको छ ।
कम्पनिको साधारण सभाले प्रिमियममा आईपीओ ल्याउने प्रस्ताब पारित गर्नेछ। यसका लागि आवश्यक अन्य प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
कम्पनिको साधारण सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश सहीत कुल २१.०५३ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ।
सभाले नेप्स र अन्य उपयुक्त संस्था आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृति गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।