20 C
Nepal
Monday, September 29, 2025

आईपीओ निष्कासन गर्नका लागि होटल फोरेष्ट इन लिमिटेडले बोलायो विशेष साधारण सभा

spot_imgspot_imgspot_img

होटल फोरेष्ट इन लिमिटेडले आइपिओ निस्कासन गर्नका लागि भन्दै आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।

बिशेष साधारण सभाको मुख्य प्रस्तव सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने रहेको छ ।

काठमाण्डौको बूढानीलकण्ठमा यस कम्पनीले पाँचतारे स्तरको होटल चाडै नै सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले इन्टरकन्टिनेन्टल होटल्स ग्रूप (आईएचजी) सँग अन्तरराष्ट्रिस्तरको होटल सञ्चालनका लागि लाइसेन्स सम्झौता गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here