23.7 C
Nepal
Friday, September 20, 2024

भोलिबाट मल्टीपर्पस फाइनान्सको १.४२ लाख बढी कित्ता सेयर लीलाम बिक्रीमा

भोलिबाट मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर लीलाम बिक्रीमा राखिने भएको छ ।

कम्पनिले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता गरी कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लीलाम बिक्रिमा राख्ने भएको हो ।

यस सेयरको न्यूनतम १०० रुपैयाँ राखिएको छ भने बोलपत्र पेस गर्ने अन्तिम मिती आउँदो कात्तिक १३ गतेसम्म रहेको छ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here