15.6 C
Nepal
Wednesday, February 5, 2025

प्रिमियम आतंकबिरुद्द लगानीकर्ताहरुले दिए अख्तियारमा उजुरी, धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई कारबाही गर्न माग

प्रिमियम आतंक मच्याएको भन्दै अख्तियारमा लगानिकर्ताहरुले उजुरी दिएका छन ।

लगनिकर्ताहरुले नियमबिपरित नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल (जो जो संलग्न छनु समेतको मिलेमतोमा लगानिकर्तालाई मार पार्ने काम गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन ।

उजुरिमा भनिएको छ , बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानून बमोजिम हदैसम्म गरिपाउन यो उजुरी दिएका छौ

बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा रहेको प्राबधानअनुसार बिमा कम्पनिले सर्बसाधारणबाट सेयर खरिदकालागि दरखास्तआब्हानगर्दा सेयरको अंकितमुल्यको शतप्रतिशत रकममागगर्नुपर्नेछ भनिए पनि त्यसबिपरित मिलोमतोमा प्रिमियममा आइपिओ जारी गर्न दिने बिमा प्राधिकरण र धितोपत्र बोर्ड अध्यक्ष लगायत संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

उजुरिमा निम्नलिखित मागदावी गरिएको छ ।

१. नेपालधितोपत्रबोर्डकाअध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेललगायत (जो, जो संलग्न छन् ) ले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्थाविपरित अख्तियारको दुरुपयोग गरी सिटिजन लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र रिलायवल लाईफसहित चार वटा बीमा कम्पनीहरुलाई अंकित मूल्य भन्दा बढी रकम सर्बसाधारणबाट माग गर्न दिने गरी आब्हानपत्र स्वीकृत गरी कानून विपरितको कार्य र अख्तियार दुरुपयोग गरेका छन् । निजहरुले हिमालयन रि ईन्स्योरेन्सलाई अंंकित मूल्य भन्दा बढी सर्बसाधारणबाट रकम माग गर्ने गरी आब्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकोले यसअघि भए गरेका गैरकानुनीकार्यहरु बदर गराउन, हुुनलागेका गैरकानूनी कार्य रोकिपाउन र जो जो संलग्न छन्, दोषीउपर प्रचलिच कानून अनुसार हदैसम्म कडा कारबाही गर्न माग गर्दछौं ।

२. नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताको हित प्रतिकुल र अपारदर्शी रुपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मुल्य निर्धारण गरी घोराही सिमेन्ट लगायतका प्रकरणमा नीतिगत भ्रष्टाचार समेत भईरहेकाले सो को छानविन गर्न, आईपीओको सम्पूर्ण प्रक्रियालाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक विल्डिड. कार्यविधि अनुरुप मात्र जारी गराउने गरी तत्कालका लागि सम्पूर्ण प्रक्रिया रोक्नलगाई पाउँ ।

३. उल्लेखित बीमा कम्पनीहरुलाई संचालन स्वीकृति ( लाईसेन्स ) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभुतकर्ता, रेटिड. ऐेजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरुको छानविन गरिपाउँ ।

४. कानूनको बर्खिलाप अख्तियार दुरुपयोग भईरहेका कार्यहरु रोकि पाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिईएका उजुरीहरुको वेवास्ता गरिन्छ भन्ने आरोपहरुको स्वतःखण्डन हुने गरी हाम्रो यस उजुरीको तत्काल सुनुवाई भई ६० लाख लगानीकर्ताहरुको हितमा काम हुनेछ भन्ने पूर्ण विस्वास लिएका छौं ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here