25.2 C
Nepal
Wednesday, February 5, 2025

इजरायल–हमास युद्धको कारण दुई दिनमै ८%ले बढ्यो कच्चा तेलको मुल्य

इजरायल–हमास द्वन्दको असर विश्व बजारमा देखिन थालेको छ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमाथि आक्रमणको बिशेष असर तेल बजारमा देखिएको छ। युद्द सुरु भएको २ दिनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ प्रतिशतले बढिसकेको छ।

कच्चा तेलको भाउ सोमबारमात्रै ४ प्रतिशतले बढेको छ। योसँगै ब्रेन्ट क्रुड प्रतिब्यायरल ८७.५ डलरमा कारोबार भएको छ।

कच्चा तेलको भाउमा आएको उछालका कारण महँगी बढ्ने सम्भावना छ । पश्चिम एसियामा तनावका कारण तेलको मूल्य केही समय उच्च रहन सक्ने विज्ञहरुले बताएका छन्।

यसैबीच अस्थिरताको महौलमा लगानीका लागि सुरक्षित मानिने सुनको माग पनि ह्वात्तै बढेको छ। जसका कारण एकैदिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १ प्रतिशतले बढेको छ।

गत साता ओपेकले उत्पादन कटौती स्थिर राख्ने प्रस्ताव गरेपछि कच्चा तेलको मूल्य वर्षको उच्च भन्दा झन्डै ९ प्रतिशतले घटेको थियो।

भारतको केडिया कमोडिटीका प्रमुख अजय केडिया यो सैन्य द्वन्द्वका कारण कच्चा तेलको आपूर्तिमा अवरोध आउने डरले अहिले मूल्यमा उछाल आउन थालेको बताउँछन्। ‘इजरायल र हमासबीच चलिरहेको युद्धले तेल आपूर्तिमा तत्काल खतरा पर्दैन तर द्वन्द्व थप विनाशकारी युद्धमा परिणत हुने खतरा छ’, उनले भने, ‘र यदि अमेरिका र इरान यसमा अल्झिए भने कच्चा तेलको मूल्य द्रुत रुपमा बढ्न सक्छ।’

कच्चा तेलको मूल्य बढेमा बजारमा अन्य उपभोग्य सामग्रीको मूल्य पनि बढ्न थाल्ने केडिया बताउँछन्। ‘किनकि उत्पादन र ढुवानी लागत बढाउनेछ’, उनले भने। –एजेन्सीको सहयोगमा

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here