19.3 C
Nepal
Wednesday, September 18, 2024

राष्ट्रबैंकले सेयर धितो कर्जाको सिमा संसोधन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड बनायो

नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा आज संसोधन गरेको पहिलेको सिमालाई बढाएको छ ।

केन्द्रीय बैंकले आज एकीकृत निर्देशन जारी गरेर सेयर धितो कर्जाको सीमामा संसोधन भएको जानकारी दिएको हो ।

यो संसोधनसँगै अबदेखी व्यक्तिगततर्फको अधिकतम सिमा १५ करोड पुगेको छ भने संस्थागततर्फको सिमा बढेर २० करोड पुगेको देखिन्छ ।

‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।’ एकीकृत निर्देशनमा भनिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here