10.2 C
Nepal
Friday, February 13, 2026

अपी पावरको करिब १२ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य १००

spot_imgspot_imgspot_img

अपी पावर कम्पनीले करिब १२ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखेको छ।

यो सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन सकिने गरी कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता सर्बसाधारण तर्फको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको हुँदा लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सेयर सबै कित्तामा आबेदन दिन सकिने कम्पनीले जनाएको छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आबेदन पेस गर्न सकिनेछ।

आबेदन पेस गर्ने अन्तिम मिति असोज २४ गतेसम्म रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here