26.6 C
Nepal
Wednesday, February 5, 2025

हकप्रद कमजोर कम्पनिका लागि हो , हकप्रद ल्याउने नै कमजोर कम्पनीले हो : सेबोन अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर ल्याउने भनेकै कमजोर कम्पनीले रहेको तर्क गरेका छन्।

वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा सेबोनले आज बिहान काठमाण्डौ आयोजित एक कार्यक्रम सकिएपछि बाहिरिने क्रममा लगानीकर्ताले सेबोन अध्यक्ष हमाललाई घेराउ गर्दै सेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

लगानीकर्ताहरुले सेबोन अध्यक्ष हमालसँग बिशेषगरी जथाभावी हकप्रद सेयर तथा प्रिमियममा आईपीओको अनुमति नदिन अनुरोध गरेका थिए । जथाभावी हकप्रद र प्रिमियममा आईपीओ आपूर्ति बढेर बजारलाई नकरात्मक प्रभाब परेकोबारेमा ध्यानाकार्सण गराएका थिए ।

जबाफमा अध्यक्ष हमालले आफूले १२ करोडको क्याप हटाउन अर्थमन्त्री र गभर्नरसँग कुराकानी गरेको बताए। ‘यसमा मैले केही गर्न मिल्दैन, यो विषयलाई अर्थमन्त्री र गभर्नरले नै सेटल गर्नुपर्छ’, उनले भने।

जबाफमा अध्यक्ष हमालले हकप्रद कमजोर कम्पनिको अस्त्र रहेको बताए । उनले भने हकप्रद ल्याउने भनेकै कमजोर कम्पनीले रहेको बताए। तरपनी धितोपत्र बोर्डले यस बिषयलाई गम्भीरताका साथ लिएको भनेका छन ।

टिप्पणी :

साधारणातया कम्पनिले आफ्नो क्षमता बिस्तार गर्न , नियामकले चुक्ता पुजिको सिमा तोकी दिएमा उक्त सिमा पुरा गर्नुपरेमा , कुनै कम्पनिले अर्को कम्पनी प्राप्ती गर्नु परेमा , उत्पादनका लागि कुनै उध्योगले नयाँ प्लान्ट थाप गर्नु परेमा आदी कामका लागि पुजी जुटाउन हकप्रद जारी गरेका धेरै उदाहरणहरु छन । तर आज सेबोन प्रमुखले हकप्रद ल्याउने नै कमजोर कम्पनिले हो भनेपछी उनको अर्धज्ञान छताछुल्ल भएको छ ।

कम्पनिले ॠण तिर्ने प्रायोजनका लागि पनि हकप्रद जारी गर्ने गर्छन् तर कमजोरले मात्रै हकप्रद जारी गर्छन् भनेपछी उनको भनाइ बिबादास्पद बनेको हो ।

उनको कुराबाट बुझ्न सकिन्थ्यो कि सेबोनले हकप्रद जारी गर्न अनुमती दिएका सबै कम्पनीहरु कमजोर कम्पनिहरु हुन । अझ भनौ उनी कमजोर कम्पनिलाई हकप्रद जारी गर्न अनुमती दिन्छन ।

कम्पनिले ब्यबसाय बिस्तार गर्न आबस्यक पुजी जुटाउनका लागि हकप्रद जारी गर्छन् भन्ने उनिलाई ज्ञान नै रहेनछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here