26.6 C
Nepal
Wednesday, February 5, 2025

आज रु. १३.१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, बोलकबोल आजै हुने

नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण उठाउने निर्णय भएको छ। राष्ट्र बैंकले विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्न लागेको हो ।

यो ऋणपत्रका आज बोलकबोलमार्फत बिक्री बिक्री हुनेछ । भोलि असोज १५ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी हुनेछ ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८८ असोज १५ गते परिपक्व हुनेछ।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here