11.5 C
Nepal
Monday, February 16, 2026

एक नेपालीको टाउकोमा ८० हजार बढी ऋण

spot_imgspot_imgspot_img

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म एक जना नेपालीको थाप्लोमा ८० हजार रुपैयाँ बढी ॠण पुगेको छ। नेपालको सार्वजनिक ॠण २३ खर्ब ९ अर्ब रुपैयाँ बढी पुगेको देखिन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यस अबधिमा आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

यस्तो ऋण गत आर्थिक वर्षको असार मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड र बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ थियो।

गत आर्थिक वर्षको अन्त्यसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ थियो। जसमा चालु आर्थिक वर्षको पहिलो २ महिनामै ४९ अर्ब २३ करोड ३२ लाख रुपैयाँ सार्वजनिक ऋण थप भएको हो। जसमा ३८ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here