15.6 C
Nepal
Wednesday, February 5, 2025

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनले दियो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने भएको छ । त्यसका लागी नेपाल धितोपत्र बोर्डले आइपिओ निस्कासनको अनुमती दिएको छ ।

अब कम्पनीले १४ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

अब कम्पनिले आइपिओ निकासनका लागि आबस्यक बाँकी प्रकिया पुरा गरेर छिट्टै आइपिओ भर्न पाउने ब्यबस्था मिलाउनेछ ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्र बोर्डले यस कम्पनीलाई अन्य समूह अन्तर्गत बर्गिकरण गरेको छ ।

कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here