14.4 C
Nepal
Monday, February 16, 2026

एनआईसी एसिया बैंक खारेज गर्नुपर्ने माग राख्दै राष्ट्र बैंकमा उजुरी दर्ता, लिदै नलिएको ॠण देखाएर सम्पत्ति हडप्न खोजेको आरोप

spot_imgspot_imgspot_img

नागरिकलाई बिना कारण ऋण बोकाएको भन्दै नेपाल राष्ट्र बैंकमा एनआईसी एसिया बैंकको लाइसेन्स खारेज गर्न माग गर्दै उजुरी परेको छ । नागरिकलाई बिनाकारण दु:ख दिएको साथै लिदै नलिएको ॠण देखाएर सम्पत्ति हडप्न खोजेकोआरोप लगाउदै केन्द्रिय बैंकमा एनआईसी एसिया बैंक बिरुद्द उजुरी परेको हो ।

प्राप्त जानकारी अनुसार लोकतान्त्रिक तथा सामाजिक अभियन्ता नन्दराज उपाध्यायले राष्ट्र बैंकमा दर्ता न. ४० मा केही समय अघी उजरी दर्ता गरेका छन् । उजुरिकर्ताले एनआईसी एसिया बैंक सुर्खेतको एरिचोक शाखाले स्थानीय दुई जनालाई बैंकमा खाता खोल्न लगाइ लिदै नलिएको ॠण देखाएर तिर्न भनेको आरोप लगाएका छन ।

ठगीमा पर्नेहरु अमर चौधरी र गणेश थारु रहेका छन् । आफुले लिदै नलिएको र ॠणको लागि भनेर बैंकमै नगएको भएपनी क्रमशः ९ लाख ५० हजार र ११ लाख ४० हजार ऋण लिएको देखाउदै सावा ब्याज तिर्न भनेको उजुरीमा उल्लेख छ ।

उजुरीमा लेखिएको छ- ‘ग्राहकलाई भ्रममा पार्दै उनीहरूको सम्पत्ति हत्याउने भित्री उद्देश्य राखेको आफ्नो कालो कर्तुत सर्वसाधारण जनतामा प्रयोग गरेको खुलासा भएको हो ।‘ विभिन्न समाचार माध्यमबाट यो कर्तुत बाहिरिए पछि डाडुपुन्यु नै आफ्नै हातमा रहेको बैंकले निजहरूले ऋण लिएको झुटो प्रमाण तयार गरी त्यस्तो दाबी गरेको समेत उजुरीकर्ताले बताएका छन् ।

उजुरीमा ‘प्रमाण सबै आफै बनाउन सक्ने भएको कारण बैंकले शक्तिको आडमा कालो कर्तुत गरेको’ आरोप लगाइएको छ । यस सम्बन्धी उजुरी लिएर केन्द्रिय कार्यालयमा जादा कुनै प्रतिकृया नजनाइ आफ्नो गल्ती स्विकारीएको आरोप उजुरिकर्ताले लगाएका छन ।

यस सन्दर्भमा बैंकका सिईओ सङ्ग सर्पर्क गर्न खोज्दा संपर्क हुन सकेन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here