काठमाण्डौ । लुम्बिनी विकास बैंकको संस्थापक सेयर अन्तर्गतको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक सेयरधनी विलबहादुर गुरुङको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दुकुमार थापाको ५३ हजार ८९१ कित्ता गरी कुल २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद गर्न आबेदन दिन सक्नेछन ।
इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि काठमाण्डौको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नदिएमा कानुन बमोजिम हुनेछ ।