बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला फाइन गोल्डको मुल्य १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्डको मुल्य १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यसरी हेर्दा पछिल्लो दुई दिनमा सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको छ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ।